काठमाडौं ।
लगातारको वर्षासँगै ल्यान्डफिल साइटमा पहिरो र लेदो खस्न थालेपछि काठमाडौं महानगरपालिकाको फोहोर सङ्कलन तथा ढुवानी प्रभावित भएको छ।
महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै फोहोर बोकेका सवारीसाधनलाई ल्यान्डफिल साइटसम्म पुग्न र फोहोर विसर्जन गर्न कठिनाइ भएको जनाएको छ। यसका कारण नियमित फोहोर सङ्कलन केही समय प्रभावित हुने महानगरले स्पष्ट पारेको छ।
महानगरले फोहोर सङ्कलन नियमित नहुन्जेल घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर सुरक्षित रूपमा परिसरभित्रै राख्न आग्रह गरेको छ। साथै जैविक र अजैविक फोहोर छुट्टाछुट्टै राख्न तथा सडक, चोक, सार्वजनिक स्थान र खोलानालामा फोहोर नफाल्न अनुरोध गरेको छ।
जथाभावी फोहोर फाल्दा ढल तथा नाला बन्द भई वर्षाका बेला बाढी र डुबानको जोखिम बढ्न सक्ने महानगरले जनाएको छ।











प्रतिक्रिया