काठमाडौं ।
काठमाडौं उपत्यकाका नदी तथा खोलामा बाढीको जलसतह बढेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
ललितपुरको च्यासलस्थित पुल बाढीले छोएपछि उक्त पुलबाट आवतजावतमा समेत रोक लगाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीका अनुसार जलसतह बढेसँगै तटीय क्षेत्रमा निगरानी बढाइएको छ। प्रहरीले करिडोर क्षेत्रमा माइकिङ गर्दै यात्रा नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।











प्रतिक्रिया