ओखलढुङ्गा ।
कोशी प्रदेश भलिबल सङ्घको अध्यक्षमा फेरी बाल कुमार ( खेम ) राईलाई चयन गरिएको छ । यही असौज ८ गतेका दिन धरानमा सम्पन्न पाँचौ वार्षिक अधिवेशनले राईलाई निर्विरोध चयन गरिएको हो ।
यसै गरि उपाध्यक्षमा प्रभा काम्बाङ र वीरबल थापालाई चयन गरिएको छ भने महासचिवमा लेखनाथ पराजुली चुनिँदा कोषाध्यक्षमा राज कुमार खातीलाई चयन गरिएको छ । सदस्यहरूमा ओखलढुङ्गाका विष्णु राई छानिएका छन ।
यसै गरि अन्य सदस्यहरूमा जीवनी राई, प्रसिधा राई, सिद्धार्थ श्रेष्ठ, दीपक किराँती, सोम लिम्बू र भेसराज लाई चयन गरिएको छ । बाल कुमार ( खेम ) राईको कोशी प्रदेश भलिबलमा यो दोस्रो कार्यकाल हो ।











प्रतिक्रिया