काठमाडौँ ।
काठमाडौँ उपत्यकाको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै छ।
वर्षा, सहकाल र समृद्धिसँग जोडिएको इन्द्रजात्राको मुख्य आकर्षण जीवित देवी कुमारीको रथयात्रा हो। इन्द्रजात्राका अवसरमा कुमारीको रथ काठमाडौँका पुराना बस्ती हुँदै नगर परिक्रमा गराइन्छ। रथयात्राका क्रममा भक्तजनले कुमारीको प्रत्यक्ष दर्शन तथा पूजाआजा गर्ने अवसर पाउँछन्।
पर्वका क्रममा इन्द्रध्वज स्थापना तथा पूजा, भैरव, गणेश, कुमारीलगायत देवीदेवताका पूजाआजा र विभिन्न परम्परागत नृत्य तथा सांस्कृतिक प्रदर्शन गरिन्छ। हिन्दू र बौद्ध परम्पराको समन्वय रहेको इन्द्रजात्राले नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र सामुदायिक सहभागितालाई समेत उजागर गर्दै आएको छ।
इन्द्रजात्रालाई ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै सामाजिक एकताको पर्वका रूपमा पनि लिइन्छ।











प्रतिक्रिया