पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध

फाइल तस्बिर

काठमाडौँ।

ललितपुरको बागमती गाउँपालिका–३ स्थित काल्चेमाल्टामा पहिरो खसेपछि कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ।

काल्चे माल्टा दोबाटोमा पहिरो खसेसँगै सडकको दुवैतर्फको आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त पहिरो गएको स्थान भट्टेडाँडाबाट करिब ५५ किलोमिटर मकवानपुरतर्फ पर्छ।