चितवन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै चितवन जिल्ला संयोजकको जिम्मेवारी मिलनबाबु श्रेष्ठलाई दिएको छ ।
महाधिवेशनको तयारी तथा संगठनात्मक गतिविधिलाई व्यवस्थितरूपमा अघि बढाउने उद्देश्यले श्रेष्ठलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो । श्रेष्ठले चितवनमा देउवा समूहको तर्फबाट महाधिवेशनसँग सम्बन्धित समन्वय तथा तयारीका काम अघि बढाउनेछन् ।
पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा चितवनमा पनि विभिन्न समूहले आफ्नो संगठनात्मक गतिविधि तीव्र बनाएका छन् । महाधिवेशन प्रतिनिधि छनोटदेखि नेतृत्व चयनसम्मका विषयमा जिल्लामा आन्तरिक तयारी र भेटघाट बढ्दै गएको छ ।
श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिएसँगै देउवा समूहले चितवनमा महाधिवेशन केन्द्रित गतिविधिलाई थप व्यवस्थित बनाउने तयारी गरेको बताइएको छ । जिल्लाका नेता तथा कार्यकर्तासँग समन्वय गर्दै महाधिवेशनका लागि आवश्यक तयारी अघि बढाउने जिम्मेवारी श्रेष्ठमाथि रहनेछ ।











प्रतिक्रिया