उदयपुर ।
नेपाली कांग्रेस उदयपुरले जिल्लाका आठवटै पालिकाहरुमा वडा अधिवेसन सपफलता पूर्वक सम्पन्न गरेको छ ।
नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उदयपुरका सबै स्थानीयतहमा नयाँ नेतृत्व चयन सम्पन्न छ । केन्द्रीय कार्यतालिका अनुसार निर्धारित मिति र समय अनुसार बुधबार ८ वटै स्थानीयतहस्तरीय समिति गठनको क्रममा कतै सर्वसम्मत भएको छ भने कतै चुनावी प्रतिस्पर्धा अपनाउनु परेको छ ।
४ नगरपालिकामध्ये बेलकाबाहेक ३ वटामा सर्वसम्मत समिति गठन भएको छ । जस अनुसार त्रियुगा नगरपालिकामा प्रकाश खड्का सर्वसम्मत सभापति भएका छन् भने कटारी र चौदण्डीगढीमा क्रमशः पुस्कर खड्का र पर्बत दाहाल सभापति चयन भएका छन् । बेलकामा भने ४ जनाबीच चुनावी प्रक्रियामार्फत सभापतिमा टंक आचार्य निर्वाचित बनेका छन ।
काँग्रेस जिल्ला सभापति हिमाल कार्कीका अनुसार गाउँपालिकातर्फ लिम्चुङबुङमा हिक्मत राई सर्बसम्मत सभापति छानिदा रौतामाईमा सर्वसम्मत रुपमै घमानसिंह मगर सभापति चयन भएका छ्न । उदयपुरगढीमा चन्देश्वर श्रेष्ठको सभापतित्वमा समिति गठन हुँदा ताप्ली गाउँपालिकामा माधव रास्कोटी सभापतिमा चयन भएका छन ।
त्यसैगरी नेपाली कांग्रेस बेलका नगर कार्यसमितिको सभापतिमा टंक आचार्य निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न नगर अधिवेशनमा आचार्यले ८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।
सभापतिका अन्य उम्मेदवारमध्ये लभराज अधिकारीले ५६, राजेन्द्र तामाङले ४० र प्रेम अधिकारीले ८ मत प्राप्त गर्नुभयो ।
कुल २२४ मतदाता रहेको बेलका नगर कांग्रेसको निर्वाचनमा १८८ मत खसेको थियो। आचार्यले निकटतम प्रतिस्पर्धी अधिकारीलाई २८ मतले पछि पार्दै नगर सभापतिको जिम्मेवारी हात पार्नुभएको हो ।
निर्वाचित आचार्यले अब बेलका नगरमा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै पार्टी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पाउनुभएको छ । उहाँ हाल बेलका नगरपालिका वडा नम्बर ३ को निर्वाचित वडा अध्यक्ष समेत हुनुहुन्छ ।











प्रतिक्रिया