काठमाडौं।
लीडर सोसाइटीको आयोजनामा सांस्कृतिक कला प्रतियोगिता २०८३ सम्पन्न भएको छ। युवा पुस्तामा कला, सिर्जनशीलता तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न उमेर समूहका युवा कलाकारहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगिताको आयोजना तथा व्यवस्थापन लीडर सोसाइटीका अध्यक्ष रोशन महर्जनको नेतृत्वमा भएको थियो। कार्यक्रम संयोजक प्रतीक महर्जन, कार्यक्रम अधिकृत प्रितम महर्जन तथा सेयोन डंगोल, आगमन महर्जन, युजल मुनीकार र श्रेया महर्जनलगायतको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

प्रतियोगितालाई काठमाडौं महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र महर्जन, वडा नं. ९ का अध्यक्ष रामजी भण्डारी तथा वडा नं. १८ का अध्यक्ष नुच्छे काजी महर्जनलगायतले सहयोग गरेका थिए।
कार्यक्रममा पूर्व शार्दुल जंग गुल्मका गुल्मपति तथा मेजर पूर्ण प्रजापति, नेवा: देय् दबू काठमाडौं महानगर समितिका अध्यक्ष अरविन्द मान सिंह तथा सचिव निरु महर्जनलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा सूर्यदीप श्रेष्ठ, रोजिना डंगोल र शीतल महर्जन रहेका थिए।

प्रतियोगितालाई राइनोरब, याशिमा, ब्रुइङ हाउस नेपाल, टाइम्स इलिमेन्टरी स्कुल, कुटाक्षर, कोहिबो प्रोडक्सन, भिन्ध्यो स्टेसनरी एन्ड जेरोक्स, बसन्तपुर लोकल, काठमाडौं सुनचाँदी व्यवसायी संघ तथा मर्चेन्डाइज प्रिन्ट नेपाललगायतले सहयोग गरेका थिए।
कार्यक्रम सञ्चालनका लागि शान्ति निकुञ्ज माध्यमिक विद्यालयले स्थल उपलब्ध गराउँदै महत्वपूर्ण सहयोग गरेको थियो। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण समर्थक, सहभागी, निर्णायक, प्रायोजक, साझेदार, अतिथि तथा विद्यालयप्रति आयोजक लीडर सोसाइटीले आभार व्यक्त गरेको छ।
प्रतियोगिताको १२–१६ वर्ष उमेर समूहतर्फ श्रीशा महर्जन प्रथम, प्रज्ञा महर्जन दोस्रो र रुश्मा महर्जन तेस्रो भएका छन्। सोही समूहमा प्रगति भट्टराईले उत्कृष्ट छनोट पुरस्कार प्राप्त गरिन्।
त्यस्तै, ८–१२ वर्ष उमेर समूहतर्फ अनिक श्रेष्ठ प्रथम, सुदर्शन जोशी दोस्रो र अधिराज प्रधान तेस्रो भएका छन्। सूर्यांश प्रसाद श्रेष्ठले सो समूहमा उत्कृष्ट छनोट पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा सहभागी कलाकारहरूको सिर्जनशीलता, मेहनत र कलात्मक अभिव्यक्तिले कार्यक्रमलाई विशेष बनाएको आयोजकले जनाएको छ। लीडर सोसाइटीले युवा प्रतिभालाई प्रोत्साहन गर्दै कला, संस्कृति र सिर्जनशीलतासँग सम्बन्धित कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।











प्रतिक्रिया