रौतहट ।
सशस्त्र प्रहरीले ठूलो परिणाममा मोबाइल सँग सम्बन्धित सरसामान सहित दुईवटा मोटरसाइकल बरामद गरेको छ।बरामद गरेका मोबाइलका सामान र मोटरसाइकल गौर भन्सार कार्यालय बुझाइएको जनाएको छ । रौतहटको गौर नगरपालिका–४ टिकुलिया बस्ने भोला साहको घरमा सशस्त्र प्रहरीले अवैध मोबाइलसँग सम्बन्धित सरसामानसहित करिब ५० लाख रुपैयाँ बराबरको सामान बरामद गरी गौर भन्सार कार्यालय बुझाएको हो ।
मोबाइलसँग सम्बन्धित सरसामान लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी टोलीले छापामारी वरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले बताउनु भयो । उहाको कमाण्डमा ४५ जना सुरक्षाकर्मी तथा गौर भन्सार कार्यालयका प्रतिनिधिसहितको टोलीले छापामारी तथा खानतलासी गरेको जनाएको छ।
खानतलासीका क्रममा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको अनुमानित मूल्य रु. ५० लाख १४ हजार ५०१ बराबरको मोबाइलसँग सम्बन्धित सरसामान फेला परेको जनाइएको छ। सशस्त्र प्रहरीले उक्त सामानसँगै २ थान मोटरसाइकल समेत बरामद गरी आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाएको जनाएको छ। बरामद सामानको स्रोत तथा त्यसमा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।











प्रतिक्रिया