काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले सञ्चार क्षेत्रका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पन्तले पत्रकार तथा सञ्चारसम्बद्ध संस्थाहरू आफ्ना पेसागत माग लिएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था दुःखद् भएको बताए।
उनले साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनमा कटौती गरिएको र राष्ट्रिय समाचार समितिले उपलब्ध गराउने समाचारको शुल्क बढाइएको विषयमा सरकारको ध्यानाकर्षण गराए।
सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यम तथा सामुदायिक रेडियोलाई न्यायोचित रूपमा समावेश गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकार महासंघलगायत संस्थासँग तत्काल संवाद गरी जायज माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे।











प्रतिक्रिया