काठमाडौँ ।
देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीको पश्चिम–मध्य भागमा रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको छ।
आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेशमा धेरै स्थानमा वर्षाको सम्भावना छ भने कोशीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र लुम्बिनीका केही भूभागमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











प्रतिक्रिया