मलेसियाली समकक्षीसँग प्रधानमन्त्री शाहको छलफल


काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोनमार्फत छलफल गर्दै नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी क्षेत्रलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन आग्रह गरेका छन्।

छलफलका क्रममा प्रधानमन्त्री शाहले मलेसियामा देखिएको सिन्डिकेट तथा बिचौलिया प्रथा अन्त्य गर्नुपर्नेमा जोड दिँदै यस्तो प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।

मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरोध गर्दै आफ्ना श्रममन्त्रीलाई नेपाली समकक्षीसँग तत्काल समन्वय गरी समस्या समाधानका लागि ठोस कदम चाल्न निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।