काठमाडौं ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आगामी मंसिर ६ गते (२२ नोभेम्बर २०२६) काठमाडौंको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६ : संस्कृतिमार्फत ऐक्यबद्धता’ आयोजना हुने भएको छ।
नेपाल–जापान महोत्सव २०२६ कार्यकारी समितिको आयोजनामा हुने महोत्सवमा नेपाली तथा जापानी संगीत, कला, संस्कृति, पर्यटन र व्यापारसम्बन्धी कार्यक्रम तथा प्रदर्शनी रहनेछन्। महोत्सवको मुख्य आकर्षणका रूपमा चर्चित जापानी ब्यान्ड BOØWY को विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। उक्त ब्यान्डले सन् १९८० मा दशरथ रंगशालामा प्रस्तुति दिएको थियो।
महोत्सवमा नेपालका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति पनि रहनेछ। साथै, नेपाल र जापानबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य आयोजकले लिएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्लाई ध्यानमा राख्दै कार्यक्रमको आवश्यक खर्च कटाएर बाँकी रहने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने आयोजकले जनाएको छ।











प्रतिक्रिया