आज कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रही केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

आज राति पनि कोशी, बागमती, गण्डकी, कर्णालीलगायत प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ। महाशाखाले वर्षासँगै चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।