भारत भ्रमण सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए


काठमाडौं ।

भारतको तीन दिने औपचारिक भ्रमण सकेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार साँझ स्वदेश फर्किएका छन्।

भ्रमणका क्रममा उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। साथै, विभिन्न व्यावसायिक फोरममा समेत सहभागी भएका थिए।

अर्थमन्त्री वाग्लेसँग अर्थ तथा परराष्ट्र मन्त्रालयका अधिकारीसहितको टोली भारत भ्रमणमा गएको थियो।