कांग्रेसको १५औँ महाधिवेशनमा सक्रिय सहभागिताका लागि भरत विकको अपिल


सिन्धुली ।

नेविसंघ सिन्धुलीका अध्यक्ष भरत विकले संविधान दिवसको शुभकामना दिँदै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सक्रिय सहभागिताका लागि जिल्लावासी युवा, विद्यार्थी तथा पार्टीका साथीहरूलाई अपिल गरेका छन्।

विकले संविधानले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, समानता, स्वतन्त्रता र सामाजिक न्यायका मूल्यलाई थप सुदृढ बनाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन वडा तहबाट प्रारम्भ हुन लागेको उल्लेख गर्दै उनले अधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नगरी विचार, नीति, संगठन सुदृढीकरण र पुस्तान्तरणबारे बहस गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।

उनले वडा, पालिका, क्षेत्र र जिल्लास्तरमा हुने अधिवेशनका सम्पूर्ण प्रक्रियामा उत्साह, अनुशासन र सक्रियताका साथ सहभागी भई महाधिवेशनलाई भव्य, सभ्य र सफल बनाउन आग्रह गरेका छन्।

विकले लोकतान्त्रिक विचारको संरक्षण, संगठन सुदृढीकरण र युवाको सार्थक सहभागिताका लागि सक्रियता अपरिहार्य रहेको बताएका छन्।