काठमाडौँ।
काठमाडौँको भेडासिंहबाट करिब डेढ केजी अवैध सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। भारततीय नागरिक ४१ वर्षीय मानिक दासलाई १ केजी ४८२.८१ ग्राम सुनसहित बिहीबार नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार उनको साथबाट सुनसंगै ७ लाख ५६ हजार नगद समेत बरामद भएको छ।
मानिकले भेडासिंहमा टन्च हाउस सञ्चालन गर्दै आएका थिए।











प्रतिक्रिया