भोटेकोशी बाढीपीडितलाई महासंघको ५ लाख ५५ हजार सहयोग


काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले आर्थिक सहयोग गरेको छ।

महासंघ तथा आबद्ध जिल्ला संघहरूले संकलन गरेको ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

सो रकम सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष तेबिन्द्र रत्न शाक्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको थियो।

महासंघले विपद्को कठिन घडीमा बाढी प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका सहयोग तथा मानवीय कार्यलाई निरन्तरता दिने जनाएको छ।