दोलखा ।
दोलखाको चरिकोट बजारमा बिहिबार खाद्य सामग्री तथा ग्यास डिलरहरूमा अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोख्रेलको नेतृत्वमा विभिन्न सरकारी निकायका प्रतिनिधिसहित पशुपति मन्दिरडाँडादेखि सातदोबाटो चोकसम्म बजार अनुगमन गरिएको हो।


अनुगमनका क्रममा स्नेहा स्टोर्समा ठूलो परिमाणमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएपछि पसल बन्द गरिएको छ। प्रशासनले म्याद गुज्रिएका तथा अखाद्य सामग्री हटाई सुरक्षित र बिक्रीयोग्य सामग्री व्यवस्थापन गरेपछि प्रशासनको रोहवरमा मात्रै पसल खोल्न अनुमति दिइने जनाएको छ।
अनुगमन टोलीले अन्य पसलहरूमा समेत म्याद नाघेका तथा अखाद्य सामग्री फेला पारेको थियो। त्यस्ता सामग्री छुट्याएर नियमानुसार व्यवस्थापन गर्न लगाउँदै व्यवसायीलाई चेतावनी दिइएको छ।
बजारमा खाद्य वस्तुको गुणस्तर, म्याद, मूल्य तथा उपभोक्ता हितसम्बन्धी विषयमा नियमित अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।











प्रतिक्रिया