जथाभावी फोहोर फाले १५ हजारसम्म जरिवाना


काठमाडौँ।

सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले प्रतिनिधिसभामा दर्ता गराएको फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। सार्वजनिक स्थानमा राखिएका डस्टबिनमा फोहोर नहाल्ने, डस्टबिन तोडफोड गर्ने तथा सडक वा सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई विभिन्न कसुरअनुसार जरिवाना गर्ने प्रस्ताव गरिएकाे छ ।

त्यस्तै, जोखिमपूर्ण फोहोर तोकिएको स्थानबाहेक अन्यत्र फालेमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म र सार्वजनिक स्थानमा पोस्टर, पम्प्लेट तथा भित्तेलेखन नहटाएमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ।

विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।