देशभर विश्वकर्मा पूजा मनाइँदै, मन्दिरमा सवारीसाधनको भिड


काठमाडौँ ।

आज असोज १ गते देशभर भगवान् विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पूजा मनाइँदैछ। उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा व्यापारिक प्रतिष्ठानमा मेसिन, औजार र प्रविधिको सफाइ गरी पूजा गर्ने परम्परा छ।

विश्वकर्मालाई धार्मिक मान्यताअनुसार देवशिल्पी, वास्तुकार तथा इन्जिनियरका रूपमा पुजिन्छ। पौराणिक कथाअनुसार उनले स्वर्गलोक, लंका र द्वारकासहित विभिन्न संरचना तथा देवताका अस्त्र–शस्त्र निर्माण गरेका थिए।

विश्वकर्मा पूजाका अवसरमा सवारीसाधनको पूजा गर्न भक्तजनहरू बिहानैदेखि भद्रकाली, दक्षिणकालीलगायत विभिन्न शक्तिपीठ पुगेका छन्। सीप, दक्षता, कार्यकुशलता र समृद्धि प्राप्त हुने विश्वासका साथ श्रद्धापूर्वक विश्वकर्माको पूजा गर्ने गरिन्छ।