काठमाडौं ।
रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी तथा उद्धारका क्रममा थप दुई वटा शव फेला परेका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार खोजी टोलीले करिब आधा घण्टाअघि सुरुङभित्र दुई शव फेला पारेको हो। शवको पहिचान खुल्न बाँकी छ।
भोटेकोशी बाढीपछि चिलिमे आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोजी जारी छ। यसअघि पनि चिलिमे सुरुङबाट दुई शव निकालिएको विवरण सार्वजनिक भएको थियो।











प्रतिक्रिया