काठमाडौँ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा मंगलबार दिउँसो भएको भएको दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरअनुसार मृत्यु हुनेमा नवलपरासीपूर्व कावासोतीका २४ वर्षीय नरबहादुर सिंह, धनुषाका ४३ वर्षीय सुरज भट्टराई, पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानु, र बाराका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन्।
शवलाई हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
आज दिउँसो २ बजेतिर हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी सडकबाट भीरमा तल खसेर दुर्घटना भएको थियो ।











प्रतिक्रिया