‘ग्रिन आर्मी’ विवाद: सर्वोच्चले माग्यो लिखित जवाफ


काठमाडौं ।

सैन्य शैलीको पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएको भन्दै विवादमा परेको ‘ग्रिन आर्मी’विरुद्ध दायर रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा लिखित जवाफ माग गरेको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

ग्रिन आर्मीको संरचना, पोशाक, दर्जा तथा चिह्न प्रयोगको विषयमा अधिवक्ता साम्ब राज अर्यालसमेतले उत्प्रेषणयुक्त परमादेशको माग गर्दै रिट दायर गरेका थिए।

रिट निवेदकले अन्तरिम आदेशसमेत माग गरेकामा अदालतले दुवै पक्षबीच छलफलपछि अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्न उचित हुने जनाएको छ। अन्तरिम आदेशबारे छलफलका लागि सर्वोच्चले असोज ५ गते पेसी तोकेको छ।

Skip This