मेलबर्नमा इन्द्र जात्रा २०२६ को तयारी तीव्र (तस्वीरसहित)


काठमाडौं ।

नेवा गुठी भिक्टोरियाले इन्द्र जात्रा २०२६ को तयारीस्वरूप पूर्व–उत्सव प्रेस भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाली समुदायका अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

आयोजकका अनुसार इन्द्र जात्रा आगामी २६ सेप्टेम्बरमा अष्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी), डिगर्स रेस्टमा आयोजना हुनेछ। जात्रामा परम्परागत संगीत, नृत्य, रथ निर्माण तथा रथ यात्रा लगायतका विविध सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ।

नेवा गुठी भिक्टोरियाले यस वर्षको जात्रालाई भव्य, प्रभावकारी र समावेशी बनाउने लक्ष्य लिएको जनाएको छ। साथै सम्पूर्ण नेपाली, अष्ट्रेलियाली तथा बहुसांस्कृतिक समुदायलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।