बाढीपीडितको दुःखमा संयमित भएर तीज मनाउन प्रचण्डको आग्रह


काठमाडौं ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट ठूलो क्षति भएको अवस्थामा यस वर्षको तीज संयम र संवेदनाका साथ मनाउन आग्रह गरेका छन्।

हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले बाढीपीडित परिवारप्रति ऐक्यबद्धता जनाउन तथा उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्न सबैलाई आग्रह गरेका हुन्।

उनले दुःखको यस घडीमा संवेदना र संयमलाई राष्ट्रिय एकताको शक्तिमा बदल्नसमेत आह्वान गरेका छन्।

    प्रतिक्रिया

    ०
    यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

    तपाईंको विचार लेख्नुहोस्

    इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

    स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।