काठमाडौं प्रशासन परिसरमा ग्यास बिक्री स्थगित


काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालय परिसरबाट हुँदै आएको खाना पकाउने ग्यासको बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।

ग्यास अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गर्दै विगत तीन दिनदेखि सार्वजनिक बिदाका दिन कार्यालय परिसरबाट ग्यास बिक्री गरिँदै आएको थियो। विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका महिलालाई प्राथमिकता दिइएको थियो।

भदौ २९ गते सोमबारदेखि कार्यालयको नियमित कामसँगै रसुवा बाढीपीडितका लागि राहत व्यवस्थापन तथा बाढीमा मृत्यु भएका पहिचान हुन नसकेका शव व्यवस्थापनमा समेत जुट्नुपर्ने भएकाले परिसरबाट ग्यास बिक्री स्थगित गरिएको प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले जानकारी दिए।

यद्यपि, ग्यासको बिक्री वितरण पूर्णरूपमा बन्द भने नहुने कार्यालयले जनाएको छ। सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री हुने बताइएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।