काठमाडौं ।
काठमाडौं महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँ नगदसहित एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका–३ का २० वर्षीय युवराज घताने रहेका छन्।
प्रहरी वृत्त दरबारमार्गको टोलीले बा ९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद फेला पारेपछि घतानेलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।











प्रतिक्रिया