काठमाडौं ।
श्री पिताम्बर अर्यालले भारतको राजस्थान, नवईस्थित डा. के.एन. मोदी विश्वविद्यालयबाट “विपद्को सामाजिक–आर्थिक प्रभाव (विपद्को समाजशास्त्र)” विषयमा विद्यावारिधि (PhD) उपाधि हासिल गर्नुभएको छ।
डा. अर्यालले युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र र नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ। उहाँसँग जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, आपत्कालीन व्यवस्थापन तथा संकट प्रतिकार्यका क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव छ।
उहाँले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (IFRC), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP), डेनिस रेडक्रस तथा क्यानाडियन रेडक्रस लगायतका संस्थामा विभिन्न प्राविधिक तथा व्यवस्थापकीय भूमिकामा एक दशकभन्दा बढी समय काम गर्नुभएको छ।
नेपाल रेडक्रस सोसाइटीमा स्वास्थ्य सेवा, विपद् व्यवस्थापन तथा युवा रेडक्रस विकासका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका डा. अर्यालले महासचिवका रूपमा समेत सेवा गर्नुभएको थियो। हाल उहाँ नेपाल युनाइट्सका वरिष्ठ सल्लाहकार तथा डीपीनेट नेपालका सल्लाहकारका रूपमा कार्यरत हुनुहुन्छ।











प्रतिक्रिया