त्रिशुलीमा बेपत्रा भएका घिमिरेको कुशको शव बनाएर अन्त्येष्टी

1.41k
Shares

उदयपुृर ।

भोटेकोशी बाढीमा नुवाकोटको त्रिशुलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षिय देवेन्द्र घिमिरेको मानवको प्रतिकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको छ ।

भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता हुनुभएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहा लाइनटोलका ४२ वर्षीय देवेन्द्र घिमिरेको कुशको शव बनाएर हिन्दू धर्म परम्परा अनुसार स्थानीय त्रियुगा नदी किनारको घाटमा दाहसंस्कार गरिएको छ ।
घट्नाको १८ दिनसम्म पनि मृत या जिवित फेला नपरेपछि पक्कै मृत्यु भईसकेको भन्ने ठहर गर्दै आफन्तजन, दाजुभाइ, नरनाता, इष्टमित्र र गाउँले समाज बोलाएर छोराको अन्त्यष्टि गरेको बाबु उद्धब घिमिरेले बताए । अन्त्यष्टिका लागी शव अनिवार्य भएकाले कुशको प्रतीक बनाएर अन्त्यष्टि गरेको उनले बताए ।

पेशाले इलेक्ट्रिकल इन्जिनियर रहेका देवेन्द्र रसुवास्थित त्रिशुली सेक्टर ३ को बि जलविद्युत परियोजनामा कार्यरत थिए । बाढीमा परेर बेपत्ता भएका उनीसहित उदयपुरका १५ जना अझै सम्पर्क विहीन छन् । जलविद्युतमै कार्यरत अन्य ४ जना, नेपाली सेनामा कार्यरत ३ जना र चालक तथा ज्यालामजदुरी गर्न गएकाहरु बाढीमा परि बेपत्ता भएकोमा अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

बाढीमा परेर उदयपुरका २१ जना बेपत्ता भएकामध्ये ६ जना भने सम्पर्कमा आएका छन् । अहिलेसम्म सम्पर्कमा नआएकाहरुको पहिचान गर्न सहज होस् भनेर परिवारजनको डिएनए नमूना संकलन गरेर पठाइएको छ ।