बुटवल ।
रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले ४० लाख १ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ । एशोसिएसनमा आबद्ध ७० जना व्यवसायीबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो । ।आइतबार पत्रकार सम्मेलन गरी एशोसिएसनले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको जानकारीअध्यक्ष हिमाल गैरेले बताउनु भयोे ।

एशोसिएसनका अनुसार रकम कुनै अनिवार्य योगदानबाट नभई व्यवसायीहरूको स्वेच्छिक सहयोगबाट संकलन गरिएको हो ।एशोसिएसनमा आबद्ध ७० जना व्यवसायीले विपदमा परेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेका हुन् । सहयोग रकम संकलन गर्ने प्रक्रियाबारे एशोसिएसनका महासचिव डासीराम अधिकारीले जानकारी दिनुभयो ।
विपद्को समयमा राज्यको प्रयाससँगै निजी क्षेत्रको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुने एशोसिएसनको भनाइ छ ।सहयोगमा सहभागी व्यवसायीहरूलाई एशोसिएसनका केन्द्रीय सचिव प्रेम न्यौपानेले धन्यवाद दिनुभयो ।
विपद्का बेला निजी क्षेत्रबाट गरिएको यस्तो सहयोगले राहत अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।त्यस्तै भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनस्र्थापनाका लागि ’बुटवल हस्पिटल प्रा. लि.’ परिवार ले ७,७७,७७७ (सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेको छ। २५ वर्ष देखि बुटवलमा रहेर बिरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको लुम्बिनी प्रदेशकै अग्रणी मल्टी–स्पेसियालिटी स्वास्थ्य संस्था बुटवल हस्पिटलले सहयोग गर्दै विपदको वेला प्रभावित नागरिकहरुसंगै रहेको बताएको छ ।
अस्पतालका अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलद्वारा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा अस्पतालका संचालक एव जनप्रतिनिधि नरिश्वर शर्मा को पनि उपस्थिति रहेको थियो ।प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुग्ने बिश्वासका साथ ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रकम जम्मा गरिएको अस्पतालका अध्यक्ष पौडेलले बताउनु भयो । हस्पिटलले प्रभावित क्षेत्रमा जाने अभियान्ता एवं सहयोगी समूह मार्फत पनि औषधी जन्य सामाग्री पढाइ सकेको थियो । असाहय विपन्नहरुको सहजढंगले उपचार गर्दै आएको बुटवल हस्पिटलले पटक पटक दिनदुखीको साथमा रहेको प्रमाणित गर्दै आएको छ ।











प्रतिक्रिया