भोटेकोशी बाढी : ३ हजार १३२ जनाको डीएनए नमुना संकलन


काठमाडौं । 

रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए नमुना संकलन जारी छ।

नेपाल प्रहरीका अनुसार बेपत्ता व्यक्तिका आफन्तबाट १ हजार ८४६ र शवबाट १ हजार २८६ गरी हालसम्म ३ हजार १३२ वटा डीएनए नमुना संकलन गरिएको छ।

प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बाढीमा अझै ४ हजार ८९ जना बेपत्ता छन्। हालसम्म १ हजार ३८८ शव फेला परेका छन्। तीमध्ये १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने १ हजार २३० शवको जमिनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।