बाेलेराे गाडिमा ढुङ्गाले लाग्दा जेष्ठ नागरिककाे मृत्यु

0
Shares

दाेलखा ।

दाेलखाकाे गाैरीशङ्कर गाउँपालिका वडा नम्बर- ६ चंखु दुम्सिदिङमा माथिबाट खसेकाे ढुङ्गाले लागेर बाेलेराे गाडिमा सवार ७५ बर्षिय जेष्ठ नागरिक मान बहादुर तमाङकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

आईतवार विहान ८:३० बजे मार्वुबाट सिंगटी तर्फ आउदै गरेकाे बागमती प्रदेश ०८००१ च ०८८२ नम्बरकाे बाेलेराे गाडिमा सडक माथिबाट खसेकाे ढुङ्गाले लाग्दा अगाडि सिटमा बसेका तमाङकाे बायाँ खुट्टामा गम्भीर चाेट लागेकाे थियाे । सिंगटीमा प्राथामिक उपचार गरि हेलिकप्टरबाट काठमाण्डाै स्थित टिचिङ अस्पताल लगिएकाे तमाङलाई अस्पताल

ले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय दाेलखाका प्रहरी निरीक्षक किरण लाेप्चनले बताए ।

बाेलेराे गाडिमा चालक सहित ३ जना रहेकाे प्रहरीले जनाएकाे छ । चालक गाैरीशङ्कर गाउँपालिका वडा नम्बर- ७ मार्वुका टिकाराम गुरूङलाई नियन्त्रणमा लिई आवश्य अनुसन्धान भै रहेकाे प्रहरीले जनाएकाे छ ।