काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारका कदम प्रतिगामी र स्वतन्त्रताविरोधी भएको आरोप लगाएका छन्। उनले यस्ता कदम लामो समय टिक्न नसक्ने दाबी गर्दै स्वतन्त्रताका लागि एमालेको संघर्ष जारी रहने बताए।
आइतबार एमाले पार्टी कार्यालयमा छापा माध्यमका पत्रकारको ज्ञापनपत्र बुझ्दै ओलीले स्वतन्त्रताको लडाइँ अझै नसकिएको बताए। राणा र शाही शासनको उदाहरण दिँदै उनले प्रतिगामी र संकीर्णतावादी प्रवृत्तिले लामो समय शासन गर्न नसक्ने उल्लेख गरे।
उनले अधिनायकवादले केही समय संघर्ष रोक्न सक्ने भए पनि स्वतन्त्रताको आन्दोलनलाई स्थायी रूपमा दबाउन नसकिने बताए।











प्रतिक्रिया