प्रधान सेनापति सिग्देल चीन प्रस्थान


काठमाडौं ।

प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गरेका छन्। उनी सेप्टेम्बर १३ देखि १९ सम्म चीनमा रहनेछन्।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरममा सहभागिता जनाउने कार्यक्रम छ।

उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने नेपाली सेनाले जनाएको छ। सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रथी केसीले बिदाइ गरेका थिए।