चट्याङ लागेर एक जनाको मृत्यु

0
Shares

उदयपुर ।

 उदयपुरकाे कटारी नगरपालिका वडा नम्बर ८मा शनिवार  दिउँसाे चट्याङमा परेर एक जना युवाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएकाे जानकारी अनुसार शनिवार दिउँसाेे अढाई बजेकाे समयमा  कटारी नगरपालिका वडा नं. ८ बस्ने वर्ष ३५ को रुद्र बहादुर तामाङकाे  चट्याङ लागेर ज्यान गएको हाे ।

जिल्ला प्हरी कार्यालय उदयपुरका अनुसार तामाङ आफ्नै घरको झ्याल बन्द गर्ने क्रममा अविरल वर्षासँगै आएको चट्याङको झट्का लागि गम्भीर घाईते भएका थिए ।

चट्याङ लागेर घाइते भएकाे खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेतिनि उदयपुरबाट प्रहरी टोली खटि गई उपचारको लागि प्रादेशिक अस्पताल कटारी, उदयपुर ल्याएकोमा सोही अस्पतालका चिकित्सकले मृत्यु भइसकेको भनी साँझ ८:३५ बजे घोषणा गरेका छन्। उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।