ललितपुर–२१ द्वारा रसुवाका १५० परिवारलाई राहत वितरण, ७ विद्यार्थीलाई पढाइमा सहयोग गर्ने


ललितपुर ।

  ललितपुर महानगरपालिका वडा नं–२१ को सहयोगमा रसुवामा राहत वितरण गरिएको छ । वडा कार्यालय , खोकना युवा क्लब, रेडक्रस, स्काउट र स्थानीय टोलसुधार समिति , महिला समिति लगायतको सहयोग सङ्कलित राहत सामाग्री र सुवास्थित कालिका गाउँपालिका राम्चे र उत्तरयगा गाउँपालिकाको होल्डिङ सेन्टरमा हस्तान्तरण गरेको हो । 

 वडा अध्यक्ष रवीन्द्र महर्जनको टोली आफैले रसुवा पुगेर करिब ६ लाख रुपियाँ बराबरको राहत सामाग्री करिब १५० परिवारलाई हस्तान्तरण गर्नुभएको हो । स्थानीयको सहयोगमा वडा कार्यालयले बिस्कुट, चिउरा लगायत खाद्यान्न, लत्ताकपडा,झुल प्रेसर कुकर,  महिलाको सेनिटरी प्याड, औषधी सहितको किट लगायत दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरेको हो । 

 वडा अध्यक्ष रवीन्द्र महर्जनले आवश्यकताको आधारमा वडा कार्यालयले भविष्यमा अन्य सामाग्री व्यवस्था गर्ने जानकारी दिनुभयो । सामान बुझ्ने क्रममा अधिकांसले खानेकुरा भन्दापनि वासस्थान र औषधीको व्यवस्था गर्न आग्रह गरेका थिए ।

स्थानीयको दयनीय अवस्था छ । बस्ने स्थान छैन । परिवारको अत्तोपत्तो छैन । बेसाहारा अवस्थामा रहेका स्थानीयलाई सरकारले तत्काल वासस्थान सहितको अत्यावश्यक सामाग्री उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको अध्यक्ष महर्जनले बताउनुभयो । 

वडा अध्यक्ष महर्जनले  कालिका गाउँपालिकाका ७ जना विद्यार्थीलाई अध्यययनमा सहयोग गर्ने जनाएको छ । गाउँपालिकाको माग अनुसार विद्यार्थीलाई आवश्यक पर्ने विद्यालय सामाग्री , ड्रेस, पुस्तक लगायत केही नगदसहित सहयोग गर्न वडा कार्यालय तत्पर रहेको बताउनुभयो । पहिला विद्यालय जाने व्यवस्था सरकारले गर्नुपर्छ बाकी वडा कार्यालयले गर्नेछ–अध्यक्ष महर्जनको भनाई छ ।