एपीएफमा ६६६ जनाको लागि रोजगारीको अवसर


काठमाडौं ।

सशस्त्र प्रहरी बल, नेपालले ६६६ जनाका लागि नयाँ भर्ना खुलाएको छ। एपीएफ प्रधान कार्यालयले खुला तथा समावेशी प्रतियोगिताबाट सशस्त्र प्रहरी जवान र विभिन्न ट्रेडका परिचर पदमा दरखास्त आह्वान गरेको हो।

जवान पदमा ६०४ र परिचरतर्फ ६२ जनाको माग गरिएको छ। इच्छुक उम्मेदवारले भदौ ३० गतेदेखि असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

अनलाइनबाट आवेदन दिनेले असोज ३० गतेभित्र सम्बन्धित कार्यालयमा उपस्थित भई सक्कल दरखास्त बुझाउनुपर्नेछ। प्रारम्भिक शारीरिक परीक्षणको तालिका कात्तिक १३ गते सार्वजनिक गरिने एपीएफले जनाएको छ।