आज देशभर वर्षाको सम्भावना


काठमाडौं ।

देशभर मनसुनी वायुको प्रभाव रहँदा आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशभर सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनीलगायत प्रदेशका पहाडी तथा हिमाली भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेससहित विभिन्न प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, मधेस तथा कोशी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराई भूभागमा चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।