प्रसिद्ध ज्योतिष डा. रुद्रनाथ अधिकारी सम्मानित 

ज्योतिष क्षेत्रमा डा अधिकारीको उत्कृष्ट भूमिका, श्रीलंकामा ग्लोबल ब्रान्ड अवार्ड


काठमाडौ ।

 प्रसिद्ध ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारी सम्मानित हुनुभएको छ । ज्योतिष क्षेत्रमा महत्त्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै ज्योतिषहरुकै संस्था बिश्वभरा ज्योतिष विज्ञान परिषद् नेपालले सम्मान गरेको हो । 

  बिद्धान ज्योतिषहरुको संस्था बिश्वभरा ज्योतिष विज्ञान परिषद्ले आयोजना गरेको  साधारणसभा एवं सम्मान कार्यक्रममा डा अधिकारीले ज्योतिष क्षेत्रमा प्रशिद्धी कमाएको भन्दै सम्मान गरिएको बताएको छ । पण्डित अधिकारीले डेढ महिना अघि देशमा भदौ लाग्ना साथ ठूलो विपत्ति आइलाग्ने त्यसले ठूलो जनधनको क्षति बनाउने  भविष्यवाणी गर्नुभएको थियो । उहाँले गर्नुभएको भविष्यवाणी भदौ १० मा आएको बाढीको वितण्डाले पुष्टि गरेको छ । डा.अधिकारीले गरेको भविष्यवाणी मिडियावाटै सार्वजनिक पनि भएको थियो । साथै पण्डित ज्योतिष डा.  अधिकारीलाई विश्वाम्भरा ज्योतिष विज्ञान परिषद्को आजीवन संरक्षकमा नियुक्त पनि गरेको छ ।  ज्योतिष तथा धर्मशास्त्रप्रतिको डा.अधिकारीको गहन अध्ययन, अनुसन्धानशीलता, कर्मक्षमता तथा समाज र राष्ट्रप्रतिको योगदानको उच्च मूल्याङ्कन गर्दै परिषद्ले उहाँलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । 

    लेखक , गीतकार  समेत रहनुभएका ज्योतिष पण्डित डा अधिकारीलाई  सम्मान गर्न पाएकोमा बिश्वभरा ज्योतिष विज्ञान परिषद्ले  खुशी ब्यक्त गरेको छ । वाल्मीकि विद्यापीठका प्रमुख-प्राचार्य प्रा. डा. अच्युतप्रसाद लामिछाने, नेपाल पञ्चाङ्ग निर्णायक समितिका पुरुषोत्तम भट्ट राई, धर्मशास्त्रका विद्वान् प्रा. डा. देवमणि भट्ट राई, ज्योतिषी दिननाथ पण्डित लगायत विभिन्न क्षेत्रका विद्धानहरू , प्राध्यापकहरू,  पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारीहरुले पण्डित डा अधिकारीको खुलेर प्रशंसा गरेका थिए । सोही अबसरमा डा अधिकारीकी धर्मपत्नी लक्ष्मी ढकाल अधिकारीलाई पनि सम्मान गरिएको थियो । डा अधिकारीलाई ज्योतिष क्षेत्रमा उचाइमा पु¥याउन धर्मपत्नी लक्ष्मी ढकाल अधिकारीको उत्तिकै भूमिका रहेको भन्दै सम्मान सहित परिषद्को उपाध्यक्षमा चयन गरिएको थियो । 

 सोही समारोहमा डा अधिकारीद्धारा रचित हे रामजी भक्तिमय भजनको एल्वम पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा ज्योतिष कुलानन्द ढकालले १८२६ कात्तिक २९ गते भक्तपुरमा आक्रमण हुने भनी गरेको भविष्यवाणी ठ्याक्कै मिल्न गएको र २९ गते देखि आक्रमणमा २ हजार बढी मारिएको र मंसिर २ गते भक्तपुरले विजय हासिल गरेको स्मरण गर्दै ज्योतिष विद्या  नभै नहुने हो तर कतिपयले त्यसलाई व्यापार मात्र होइन कतिपय ब्यक्तिका कारण सिङ्गो ज्योतिष समुदायमाथि आक्षेप लागेको तर्फ कार्यक्रममा चिन्ता ब्यक्त गरिएको थियो । ज्योतिष, धर्मशास्त्र, वेद, उपनिषद्, पुराण तथा सनातन धर्म–संस्कृतिका क्षेत्रमा क्रियाशील विद्वान्, अनुसन्धानकर्ता, पण्डित तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागितामा सम्पन्न सम्मेलनले धर्म, संस्कृति र ज्योतिषको संरक्षण, संवर्द्धन तथा जनहितमा प्रभावकारी उपयोगका लागि  संकल्प गरेको छ ।