पूर्वप्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्र निरीक्षणमा


काठमाडौँ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नुवाकोट पुगेका छन् ।

भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि देउवा आज नुवाकोट पुगेका हुन् ।

देउवासहित नेताहरूले नुवाकोटको ढुंगे क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अवस्था निरीक्षण गरेका छन् ।

नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत, एनपी साउद, मोहन बस्नेतलगायत पनि नुवाकोट पुगेका हुन् ।