रसुवा बाढीको राहत र पुनःस्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक


काठमाडौँ । 

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनःस्थापनाबारे आवश्यक निर्णय गर्न आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयसँगै बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम भइरहेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।