काठमाडौं, (नेस) ।
जारी नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलन रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । पहिलो दिन टिकट विक्रीबाट उठेको ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढी पीडितको सहयोगार्थ उद्धार कोषमा जम्मा गरिएको हो ।
लिग सुरु हुन अघि नै आयोजक नेपाल भलिबल संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पीडितको उद्धार, उपचार र पुनस्र्थापनाको अभियानमा सहयोग पु¥याउने घोषणा गरेको थियो । केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकम बराबरको चेक अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
े ।












प्रतिक्रिया