काठमाडौँ ।
सशस्त्र प्रहरीले सिरहाको सीमा क्षेत्रबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको छ।
औरही गाउँपालिका–४ इट्टाटारबाट भारततर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरू गस्ती टोलीलाई देखेपछि गाँजा छाडेर फरार भएका थिए। बुधबार बिहान करिब १ः३५ बजे बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि गस्ती तथा निगरानी थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरी नं. ७ गण सिरहाले जनाएको छ।












प्रतिक्रिया