काठमाडौं ।
संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा कानुनमन्त्री सोबिता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव र एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्तिसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।
राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्नेछ। बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस गरिनेछ। साथै, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभाध्यक्षले जानकारी गराउने कार्यसूची रहेको छ।












प्रतिक्रिया