काठमाडौँ ।
टेकुस्थित बुबद्ध माई अस्पतालको परिसरमा बुद्ध माई योग केन्द्रकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा ५२ हजार २६५ रुपिया सहयोग गरेको छ । केन्द्रले हिमालयन बैकमा रहेको कोषमा उक्तरकम जम्मा गरेको हो । केन्द्रका साधकसाधिकाले बाढीपीडितको सामूहिक सम्झना श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी रकम सङ्कलन गरेको हो ।

योग परिवार द्वारा घाइतेहरुको शिघ्र स्वास्थलाभको कामनागर्दै सहयोग रकम सङ्कलन गरेको हो । केन्द्रका अध्यक्ष अमिरमान श्रेष्ठले भोटेकोशी क्षेत्रमा उद्धार कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय जनप्रतिनिधि,स्वास्थ्यकर्मीलाई योगपरिवार तर्फबाट धन्दबाद व्यक्त गर्नुभएको थियो ।
भोटेकोशी आसपासकाक्षेत्रहरु रसुवा,नुवाकोट त्रिशूली, धादिङ, चितवनमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै केन्द्रले विज्ञप्ति जारी गरी आगामी दिनमा जलवायु परिवर्तनको, ग्लोबल वार्मिङको विषयमा बढी गहन अध्ययन एवं अनुसन्धान गर्न नितान्त आवश्यक रहेको केन्द्रले जनाएको छ ।

‘बिनासकारी बाढी, भोटेकोशी आसपास क्षेत्रका बासिन्दाहरुको मात्र पिडा नभई यो सम्पूर्ण नेपालीको पिडाले गर्दा देशभर दुःख परेको छ, यस अवस्थामा सबैले सहयोग गर्न आग्रह गर्दछौ–अध्यक्ष रुेष्लले भन्नुभयो ।












प्रतिक्रिया