जेन–जी पार्कको भोलि उद्घाटन हुँदै (तस्बिरहरु)

बिहान ८ः३० बजे गृहमन्त्री सुधन गुरुङले सहिदका शालिक अनावरण गर्ने

2.54k
Shares

काठमाडौँ।

सातदोबाटोमा निर्माण गरिएको ‘जेन–जी पार्क’ को भोलि (बुधबार) उद्घाटन हुँदैछ। पार्कमा जेन–जी आन्दोलनमा सहिद भएका ४५ जनाको अर्धकदको शालिक निर्माण गरिएको छ।

बुधबार बिहान ८ः३० बजे गृहमन्त्री सुधन गुरुङले ४५ जना सहिदकको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ।

शालिक निर्माणको जिम्मेवारी पाटनका रवि शाक्य (टम एन्ड जेरी)को टोलीले लिएको हो। सुजित श्रेष्ठ र मनिष श्रेष्ठको सहयोगमा शाक्यले सहिदहरूको अर्धकदको शालिक डिजाइन गरेका हुन्।

जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते २० जना, २४ गते १६ जना तथा भदौ २५ र २७ गते घाइते भएका ३–३ जनाको मृत्यु भएको थियो।

आन्दोलनका क्रममा कुल ७६ जनाले ज्यान गुमाए पनि ४५ जनालाई मात्र सरकारले सहिद घोषणा गरेको थियो।

सातदोबाटोमा निर्माण गरिएको जेन–जी पार्कमा राखिएका यी शालिकले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झना र योगदानलाई जीवन्त बनाउने अपेक्षा गरिएको छ।

तस्बिर : रवि शाक्य, टम एन्ड जेरी