राष्ट्रपति पाैडेलद्वारा पशुपति मन्दिरमा पूजाअर्चना


काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पशुपति मन्दिरमा पूजा अर्चना गरेका छन् ।

देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना भएको उनको सचिवालयले जनाएको हाे।राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मंगलबार बिहान पशुपतिनाथमा पूजा-आराधना गरेका छन् ।

उनले पूजा-अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।