राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।

राष्ट्रपति पौडेलले देश र जनताको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पशुपतिनाथको दर्शन तथा पूजा गरेका हुन्। पूजा सम्पन्न गरेपछि उनले पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।