देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा


काठमाडौँ । 

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।